१७ औँ बार्षिक साधारण सभा हुने सम्बन्धी सुचना ।
सरल जिवन यापनको लागि ,आदर्श आर्थिक विकास
आदर्श आर्थिक बिकास बचत तथा ऋण सहकारी संस्था लि.
१७ औँ बार्षिक साधारण सभा हुने सम्बन्धी सुचना ।
यस संस्थाको मिति वि.सं २०८३।०४।३० गते शनिबारका दिन बसेको संचालक समितिको निर्णय अनुसार तपशिलको मिति,स्थान र समयमा निम्न विषय हरु माथि छलफल गरि निर्णय लिन यस संस्थाको १७ औँ साधारण सभा हुने भएकोले सम्पुर्ण शेयर सदस्य तथा शुभ–चिन्तक हरुलाई उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौं ।
प्रस्तावहरु
१) संचालक समितिको तर्फबाट आ व २०८२।०८३ को प्रगति प्रतिवेदन तथा ०८३।८४ को भावी कार्यक्रम प्रस्तुत तथा अनुमोदन सम्बन्धमा ।
२ं) आ.व ०८२।०८३ को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा ।
३) आ.व ०८३।०८४ को लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा ।
४) विनियम संसोधन गर्ने सम्बन्धमा ।
५) आन्तरिक निति तथा कार्यविधिहरु परिमार्जन सम्बन्धमा ।
६) संरक्षित पुँजि फिर्ता कोषको रकम वितरण सम्बन्धमा ।
७) सदस्यहरुको सुझाव तथा साधारण सभा पारवहन भत्ता वितरण गर्ने सम्बन्धमा
८) संचालक समिति,लेखा समिति तथा उन्य उप समिति व्यवस्थापकको बैठक भत्ता वितरण सम्बन्धमा ।
९) साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयन गर्ने सम्बन्धमा ।
१०) अन्य कोष संचालन सम्बन्धमा ।
११) विविध ।
कार्यक्रम
मिति – २०८३ असोज ०३ गते शनिवार बनेपा
स्थान – संस्थाको कार्यालय भवन, बनेपा न.पा ०८ काभ्रे तथा बेथानचोक गा.पा ०२ ढुंर्खक
समय –विहानको ९ः०० बजे
सदस्यलाई जानकारी
१) साधारण सभामा उपस्थित हुने सदस्यलाई खाजा खर्च बापत रु २०० कर बाहेक प्रदान गरिने छ ।
२) साधारण सभामा उपस्थित हुने शेयर सदस्यले शेयर सदस्यलाई वितरण गरिएको अर्धकट्टी ल्याउनुपर्ने छ ।
३) साधारण सभामा स्वयम् उपस्थित हुनुपर्ने छ र प्रतिनिधिलाई सहभागी गराईने छैन । साथसाथै बालबचतकर्ता लाई आवत जावत खर्च प्रदान गरिने छैन ।
४) माथिका शिर्षक वा विविधको प्रस्तावमा छलफल गर्ने इच्छुक शेयर सदस्यले मिति २०८३।०६।०२ गते सम्ममा संस्थाको कार्यालयमा लिखित रुपमा प्रस्ताव दर्ता गर्नुहुन अनुरोध गरिन्छ ।
५) चालु आ.व मा नियमित बचत नगरेको सदस्यलाई साधारण सभामा उपस्थित गराईने छैन साथै आफ्नो KYM फारम अपडेट गर्नु हुन सबैलाई सुचित गरिन्छ । अत बचत गर्ने बाँकी सदस्यले २०८३।०५।३१ गते सम्ममा अनिवार्य बचत गर्नुहोला ।
सचिव
रामशरण तिमल्सिना
English
Nepali
