Message From

Message From Chief Manager

Bharat Timalsina

सरल जिवन यापनका,लागि आदर्श आर्थिक विकास भन्ने मुलनारालाई आत्मासाथ गरेको यस सहकारीले विगत २०६६ साल देखि शेयर सदस्यहरुलाई अवरत्न सेवा दिइरहको यहाँहरु माँझ सर्व विदित नै सहकारी अर्थात सहकार्य एक आपसमा मिलेर गरिने कार्य हो एकका लागि सबै, सबैका लागि एक भन्ने भावनाले ओतपोत यस सहकारीले समाजमा आर्थिक,सास्कृतिक, तथा सामाजिक विकासबाट मात्र समाजको विकास हुन्छ भन्ने मान्यता राख्छ ससाना छरिएर रहको पुँजीलाई संकलन गरि सोहि पुँजीलाई परिचालन गरि सदस्य ज्यु हरुको आर्थिक विकासमा केहि हदसम्म टेवा दिने उद्देश्यले स्थापित यस संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा सधैं साथ दिने नै समाजलाई आत्मानिर्भर बनाउन कृषि, पशुपालन तथा उत्पादनलाई जोड दिदै कर्म गर्दै अगाडी बढनुपर्छ भन्ने सोच्च राख्दछौ। साथै शुसासन तथा सहि नेतृत्ववाट संस्थालाई सधैं जिवित राख्ने प्रतिवदता पनि सदस्य ज्युहरुसंग जाहेर गर्दछौं ।


Message From Chairperson

Jain Bade

आदरणीय शेयर सदस्यज्यूहरू, शुभेच्छुकहरू तथा सम्पूर्ण समुदायप्रति हार्दिक अभिवादन।
आजको बदलिँदो सामाजिक तथा आर्थिक परिवेशमा सहकारी संस्थाहरू स्थानीय आर्थिक विकास, वित्तीय समावेशीकरण र आत्मनिर्भर समाज निर्माणका महत्वपूर्ण आधार बनेका छन्। 
सहकारीले सीमित स्रोत र पूँजीलाई एकीकृत गरी सदस्यहरूको हितमा परिचालन गर्दै उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा जीवनस्तर सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ।
आदर्श आर्थिक विकास साकोस सदैव “सरल जिवनका लागी  आदर्श आर्थिक विकास"भन्ने सिद्धान्तमा आधारित रही पारदर्शी, उत्तरदायी र सेवा–मुखी व्यवस्थापनका साथ अघि बढिरहेको छ। वर्तमान चुनौतीपूर्ण आर्थिक परिस्थितिमा सहकारीको भूमिका अझ सशक्त र आवश्यक बन्दै गएको छ, जसले समुदायलाई आत्मनिर्भर बनाउँदै दिगो विकासतर्फ अग्रसर गराउँछ।
हामी आगामी दिनहरूमा प्रविधिमैत्री सेवा, वित्तीय अनुशासन र सदस्य केन्द्रित कार्यक्रममार्फत संस्थालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं।
धन्यवाद।