News

News

१७ औँ बार्षिक साधारण सभा सम्पन्न...

  • 19 September 2026

आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष जेन बादे ज्युको सभापतित्वमा सम्पन्न भएको छ। सभामा संस्थाले आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान, सदस्य सेवा तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट बचतकर्ता तथा असल ऋणीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट वृद्ध बचतकर्ता तर्फ चन्द्रलाल मानन्धर, उत्कृष्ट वृद्धा बचतकर्ता तर्फ विष्णुमाया श्रेष्ठ, उत्कृष्ट पुरुष बचतकर्ता तर्फ रामकुमार श्रेष्ठ, उत्कृष्ट महिला बचतकर्ता तर्फ ठूलीकान्छी भण्डारी, उत्कृष्ट बालकतर्फ आर्यन तिमिल्सिना, उत्कृष्ट...

Read more

१७ औँ बार्षिक साधारण सभा हुने सम्बन्धी सुचना ।...

  • 24 August 2026

सरल जिवन यापनको लागि ,आदर्श आर्थिक विकास आदर्श आर्थिक बिकास बचत तथा ऋण सहकारी संस्था लि. १७ औँ बार्षिक साधारण सभा हुने सम्बन्धी सुचना । यस संस्थाको मिति वि.सं २०८३।०४।३० गते शनिबारका दिन बसेको संचालक समितिको निर्णय अनुसार तपशिलको मिति,स्थान र समयमा निम्न विषय हरु माथि छलफल गरि निर्णय लिन यस संस्थाको १७ औँ साधारण सभा हुने भएकोले सम्पुर्ण शेयर सदस्य तथा शुभ–चिन्तक हरुलाई उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौं । प्रस्तावहरु १) संचालक समितिको तर्फबाट आ व २०८२।०८३ को प्रगति प्रतिवेदन तथा ०८३।८४ को भावी...

Read more

आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न...

  • 8 June 2026

आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा बनेपा नगरस्तरीय  प्रथम अन्तर विद्यालय फुटसल प्रतियोगिता  जेठ २३ गते सम्पन्न भएको  जानकारी गराउदछौँ । संस्थाका अध्यक्ष जेन बादेको सभापतित्वमा तथा प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टको प्रमुख आतिथ्यतामा उक्त   प्रतियोगितामा प्रथम उग्रचण्डी बोर्डिङ स्कुल नाला, दोस्रो एभरेष्ट एकेडेमी र तेस्रो ग्रेसल्याण्ड एकेडेमी साँगा भएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रमोद श्रेष्ठ उग्रचण्डी बोर्डिङ स्कुल बाट भएका छन् भने सर्वाधिक गोल कर्ता विशाल महतो बाल निकेतनका रहेका छन्...

Read more

आदर्श आर्थिक विकास साकोसले अन्तर विद्मालय फुटसल आयोजना गर्ने...

  • 2 June 2026

आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लि आगामी जेठ २३ र २४ गते कक्षा ६ देखि  १० कक्षा सम्मका विद्मार्थी विच अन्तर विद्मालय फुटसल आयोजना गर्ने भएको छ । संस्थाले बालबालिका हरुको शारिरीक तथा मानसिक विकास गर्ने उदेश्यले  फुटसल आयोजना गर्ने लागेको संस्थाका अध्यक्ष श्री जेन वादे ज्यु ले वताउनु भयो । वादेले सामाजिक विकासमा सहकारीको अहम भुमिका रहने भएकोले सहकारीले बनेपा नगर भित्रका विद्मालयलाई समेटि फुटसल आयोजना गर्ने बताए । संस्थाले प्रथम हुने विद्मालयलाई शिल्ड तथा प्रमाण पत्र,उत्कृष्ट...

Read more