Introduction
सरल जिवन यापनका लागि,आदर्श आर्थिक विकास साकोस भन्ने मुल नारालाई आत्मासाथ गरि २०६६ बैशाख २३ गते सहकारी डिभिजन कार्यालय धुलिखेलमा विधिवत दर्ता भएको यस सहकारीले सदस्यहरुलाई आफ्नो क्षमताले भ्याए सम्म सेवा प्रदान गर्दै आइरहेको छ । परिर्वतशिल समाज तथा प्रविधि संगै आफुलाई पनि परिर्वतन गर्दै अगाडी बढेको यस संस्थाले समयको रफतार संगै शेयर सदस्यहरुको जिवन स्तरमा उकास्न केहि हद सम्म सफल भएको झैं हामीलाई लागेको छ । आर्थिक रुपमा मात्र नभई सामाजिक रुपमा पनि अगाडी बढेको यस संस्थाले बाल बचत कर्तालाई स्टेशनरी वितरण,सूत्केरी राहत,पारिवारिक राहत,दैवी प्रकोप राहत तथा सदस्य मृत्यु राहत पनि स्थापना काल देखि नै वितरण गर्दै आई रहको छ । हामीले सदैव सामुहिक भाावनालाई महत्व दिई एउटै दायरामा रहि सामाजिक तथा आर्थिक विकाशमा सहयोग पुराउँनु हाम्रो कर्तव्य हो । बनेपा नगरपालिका लाई कार्य थलो बनाएको यस संस्था बेथानचोक गा.पा मा सेवा केन्द्र संचालन गरि आफ्नो सेवा प्रदान गरि रहेको छ ।थोपा थोपा मिली समुद्र बन्न सक्छ भन्ने भनाई लाई चरितार्थ गरि रु १०।– (दश रुपैंया) जम्मा गरि आफ्नो कार्य शुरुवात गरेको यस संस्थाले बनेपा नगरपालिका एउटा छुटै पहिचान बनाउदा हामी सबैलाई गर्व लागेको छ । शेयर सदस्यहरुको अथक मायाले अबका दिनमा पनि आफुलाई अब्वल रुपमा प्रस्तुत हुने जर्मेको गर्ने नै छौं
Mission
Details coming soon...
Vision
Vision
Objective
आदर्श आर्थिक विकास साकोसको मुख्य उदेश्य भनेको समाजमा छरिएर रहेका स–साना रकमलाई संकलन गरि सोहि रकमलाई फेरी त्यहि समाजको आर्थिक तथा सामाजिक विकासमा लगाई आर्थिक उन्नतिमा टेवा पुराउनु हो । विकसित समाज संगै सहकारीले पनि आर्थिक सामाजिक तथा साँस्कृतिक विकासमा अतुलनीय योगदान दिएको हुन्छ । सदस्यहरुको बचत गर्ने वानी बसाल्ने,व्यवशाय गर्ने प्रेरण दिने,खरखाँचोमा सदस्यहरुको आवश्यता पुरा गर्ने सदस्य केन्द्रित निति लिई सदैव पुलको रुपमा काम गर्नुे नै हाम्रो उदेश्य रहेको छ । यो संग संगै सदस्यहरु संग हातमा हात तथा काधँमा काधँ मिलाएर आवश्यता पर्दा सधैं नै सदस्यहरुमाझ उभिएको आभाष दिलाउनु नै हाम्रो मुल उदेश्य हो । हामी सदैव समाजको हितको लागि सामाजिक उतरदायित्वको परिधि भित्र रहि सबै मिलि समाजको आर्थिक विकास गर्नु हामी सबैको कर्तव्य हो ।
English
Nepali
