१७ औँ बार्षिक साधारण सभा सम्पन्न
आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष जेन बादे ज्युको सभापतित्वमा सम्पन्न भएको छ।
सभामा संस्थाले आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदान, सदस्य सेवा तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट बचतकर्ता तथा असल ऋणीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
उत्कृष्ट वृद्ध बचतकर्ता तर्फ चन्द्रलाल मानन्धर, उत्कृष्ट वृद्धा बचतकर्ता तर्फ विष्णुमाया श्रेष्ठ, उत्कृष्ट पुरुष बचतकर्ता तर्फ रामकुमार श्रेष्ठ, उत्कृष्ट महिला बचतकर्ता तर्फ ठूलीकान्छी भण्डारी, उत्कृष्ट बालकतर्फ आर्यन तिमिल्सिना, उत्कृष्ट बालिकातर्फ मन्जिला योञ्जन तथा असल ऋणीतर्फ लिलानाथ तिमल्सिना सम्मानित भएका छन्।
सभामा संस्थाका कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन तथा सचिव रामशरण तिमिल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, लेखा संयोजक बुद्धकुमार मानन्धरले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्थाका व्यवस्थापक भरत तिमिल्सिनाका अनुसार, संस्थाको सेयर पुँजी एक करोड ८२ लाख रुपैयाँ, जगेडा कोष ७५ लाख रुपैयाँ, अन्य कोष ७६ लाख रुपैयाँ, ऋण लगानी करिब १६ करोड ५० लाख रुपैयाँ, बचत संकलन १९ करोड ७० लाख रुपैयाँ तथा कुल वासलात २३ करोड ५० लाख रुपैयाँ पुगेको छ।
व्यवस्थापक तिमिल्सिनाका अनुसार संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न राहत तथा सहयोगका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। संस्थाले सुत्केरी राहत, पारिवारिक राहत तथा र बाढीपीडितलाई राहत उपलब्ध गराउँदै आएको छ। साथै, सदस्यहरूलाई आपत्–विपत्का समयमा आवश्यक सहयोग तथा राहत वितरण गर्दै आएका छौँ ।
बाल बचतकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले समय–समयमा स्टेशनरी सामग्री वितरण गर्दै आएको छ। बालबालिकाको शैक्षिक तथा सामाजिक विकासलाई लक्षित गरी विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
English
Nepali
